Websoft University

सुन्दरहरैचाका थप २ जनामा कोरोना संक्रमण, प्रदेश १ मा ४४८ पुग्यो


बिराटनगर। रातो तारा डट कम,प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १/१ जना, झापाको अर्जुनधाराका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगरका २ जना छन् । 

यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । ती मध्ये २३४ जना उपचार पछि घर फर्किएका छन ।

सुन्दरहरैचाकी संक्रमित महिला कुवेतबाट आएकी थिइन्
आइतबार कोरोना संक्रमण पुष्टि भएका मोरङका दुई जना मध्ये एक जना कुवेतबाट आएकी महिला रहेको पाइएको छ । सुन्दरहरैचाको क्वारेन्टिनमा बसेका एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो । 

सुन्दरहरैचा नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिला कुवेतबाट आएकी हुन् भने पुरुष भारतबाट आएका हुन् । संक्रमित पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज क्वारेन्टिन गोठगाउँ र महिलालाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा पठाउने उहाँले जानकारी दिनु भयो । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.