Websoft University

सुन्दरहरैचामा रहेको लुना घरेलु अल्लो कपडा उद्योग लकडाउनका कारण मारमा !


बिराटनगर । रातो तारा डट कम,पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पुर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग लकडाउनका कारण मारमा परेको सञ्चालकले गुनासो गरे ।

लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा परेको लुना घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गरेकी हुन ।

मोरगंको सुन्दरहरैंचा नगरपालिका १२मा २०७१ साल देखि सञ्चालनमा आएको लुना घरेलु अल्लो कपडा उद्योग तथा ट्रनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग ,संखुवासभा देखि ल्याउने गरेका सञ्चालिका राईले वताइन । 

कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर तयार वनाइने कपडा स्थानीय वजारका साथै काडमाडौ,दार्जेलिङ्ग,हङकङ सम्म विक्रीका लागि पठाउने गरेकोमा लकडाउनका कारण बजार पाउन नसकेको राईले गुनासो गरेकी हुन ।

मिहिनेत अनुसार आम्दानी नहुने तथा उपभोक्ताहरु समेत स्वदेशी उत्पादन भन्दा विदेशी कपडाहरु मनपराउने गर्नाले समेत आफुहरुले मिहिनेत अनुसारको आम्दानी लिन नसकेको सञ्चालकको गुनासो रहेको छ । 

अल्लोका कपडाका साथै ढाका कपडा समेत उत्पादन गर्ने सो उद्योगकी सञ्चालिकाले तालिमका साथै महिलाहरुलाई रोजगारी समेत दिदै आएकी छन । उद्योगमा तालिम लिएर रोजगारी गर्दै पाएकी फुलमाया तामागं आर्थिक उपार्जनमा सहयोग पुगेको वताउछिन ।

स्वदेश तथा विदेशमा समेत माग हुने यस प्रकारका उद्योगहरुको विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग भए आफुहरु उत्पादन वढाउन सक्ने सञ्चालक राई वताउ छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.