Websoft University

नीजि विद्यालयका शिक्षकहरुको समस्या समाधानका विषयमा भर्चुवल मिटिङ सम्पन्न


शिव भट्टराई,सुनसरी असार ७ गते । रातो तारा डट कम,सुनसरीका नीजि विद्यालयका शिक्षकहरुको समस्या समाधानका विषयमा भर्चुवल मिटिङ सम्पन्न भएको छ ।

 मिटिङमा सुनसरीमा कार्यरत नीजि विद्यालयका शिक्षकहरु, नीजि विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन र एन प्याब्सनका पदाधिकारीहरु, प्रदेश सांसद् सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख कुमारी अम्बिका शाह र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

खासगरि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाच बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण नीजि विद्यालयहरु बन्द भएको अवस्थामा अधिकांश विद्यालयहरुले शिक्षकहरुलाई तलब नदिंदा शिक्षकहरुले भोग्नु परिरहेको समस्या समाधानका विषयमा मिटिङ गरिएको हो।

मिटिङमा शिक्षकहरुले, नीजि विद्यालयका सञ्चालकहरुले कतिपय शिक्षकहरुलाई चैत्र महिनाको समेत तलव नदिएको तथा त्यस यता लकडाउनको अवस्थाको तलव नदिंदा जीविकोपार्जनमा समस्या भएको भन्दै गुनासो गरेका छन् ।

अभिभावकहरुबाट चैत्र महिनाको शुल्क लिएपनि कतिपय विद्यालयले शिक्षकहरुलाई भने चैत्रको समेत तलव नदिएको शिक्षकहरुको भनाइ छ । यता नीजि विद्यालयका सञ्चालकहरुले भने लकडाउनको अवस्थामा शिक्षकहरुलाई तलव दिन नसकिने बताएका छन् । 

आफूहरुले अभिभावकहरुबाट शुल्क नलिएको अवस्थामा शिक्षकहरुलाई तलव दिन नसकिने उनीहरुको भनाइ छ । यता नीजि विद्यालयका शिक्षकहरुले भने वर्षौंदेखि विद्यालयसँग जोडिएर काम गर्दै आएका शिक्षकहरुलाई तलव नदिंदा गुजारा गर्न नै समस्या भएको भन्दै नीजि विद्यालयका सञ्चालकहरुले दिएको अभिव्यक्ति गैरजिम्मेवार देखिएको बताएका छन् । 

उनीहरुले वर्षौंदेखि लाखौं, करोडौं, नाफा कमाउँदै आएका सञ्चालकहरुले २,३ महिना विद्यालय बन्द हुँदैमा वर्षौंदेखि काम गर्दै आएका शिक्षकहरुलाई तलव नदिनु गैरजिम्मेवार व्यवहार भएको बताएका छन् ।

विद्यालय सञ्चालकहरुले आफुहरुको माग पुरा नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने शिक्षकहरुले चेतावनी दिएका छन् । यस्तै मिटङमा आफ्नो धारणा राख्दै सुनसरीका प्रदेश सांसद् सर्वध्व्ज साँवाले शिक्षकहरु निकै समस्यामा रहेको पाइएको भन्दै आफुले प्रदेश संसद्मार्फत शिक्षकहरुका समस्या समाधानको विषयमा आवाज उठाउने प्रतिवद्धता जनाउनु
भयो । 

यस्तै इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख कुमारी अम्बिका शाहले शिक्षकहरुले आफ्ना समस्या सुरुदेखि नै उठाएको भए बजेटमा सम्बोधन हुने सम्भावना रहेको भन्दै उहाँले समस्या समाधानका लागि सहजिकरण गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले आफुले विद्यालय सञ्चालक र शिक्षकहरुलाई राखेर छलफल गराइ निष्कर्ष निकाल्न सहयोग गर्ने समेत बताउनुभयो । 

इटहरीका शिक्षक विद्याभुषण गुप्ताको अध्यक्षतामा शिक्षक राम गौतमले सञ्चालन गर्नु भएको मिटिङमा सुनसरी भरिका ६० जना भन्दा बढी नीजि विद्यालयमा आवद्ध शिक्षकहरुको सहभागि थिए । यस्तै मिटिङमा एन प्याव्सन सुनसरी अध्यक्ष नारायण सञ्जेल, इटहरी नगर अध्यक्ष गणेश कोइराला, प्याव्सन सनुसरी अध्यक्ष नेलशन भानेश्वर ढकाल, पूर्व जिल्ला अध्यक्ष सुमित थापाको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.