Websoft University

नेकपाको स्थायी कमिटी बैठकमा सीमा विवादबारे छलफल



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम, नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकको जारी बैठकमा नेपाल भारत सीमा विवादमा बहस भएको छ । सरकारको कामको छलफल गर्ने एजेन्डा दोस्रो नम्बरमा भए पनि सरकारले त्यसको रिपोर्ट तयार गरिनसकेका कारण सीमाको विषयमा बैठक प्रवेश भएको
हो । भारतसँगको सीमा विवादमा नेपाल सरकारले चालेको कदमको स्थायी कमिटी सदस्यहरुले प्रशंसा गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने काममा जुटाएको राष्ट्रिय सहमतिका लागि सरकारलाई उनीहरुले धन्यवाद दिएका छन् । भूमि फिर्ताका लागि वार्ता गर्न सरकारको पहलका बारेमा सदस्यहरुले सरकारको जवाफ खोजेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको सीमा समस्या र भारतसँग भएका विभिन्न सन्धि सम्झौताहरुलाई बैठकमा प्रस्तुत गर्नुभएको छ । नेपालले सीमा विवाद सल्टाउन भारतसँग छलफलको प्रस्ताव विभिन्न मितिमा अघि सारेको जानकारी मन्त्री ज्ञवालीले दिनुभएको छ । उहाँले सरकारको तर्फबाट छलफलका लागि नोभेम्बर, डिसेम्बर र जनवरी मिति तोकेर पठाएको भएपनि भारतले त्यसको कुनै ठोस जवाफ नपठाएको पनि जानकारी दिनुभएको छ । बैठकमा हरेक सदस्यलाई १०÷१० मिनेट समय तोकिएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुभएन । अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको छ  । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.