Websoft University

उदयपुरका ४ जना कोरोना मुक्त भएर घर फर्किए


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम, उदयपुरका ४ जना हिजो उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै प्रदेश नम्बर १ मा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । 

मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् ।

प्रदेश नम्बर १ मा थप मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना संक्रमित थपिएका छन् । योसँगै १ नम्बर प्रदेशमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.