Websoft University

नेपालको जनसंख्या ३ करोड नाघ्यो


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आज सम्म देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागका निर्देशक तिर्थराज चौलागाइले सीआइएनसंग बताउनुभयो । ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ । मध्यजनसंख्या सिद्धान्त अनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ । ०६८ को तथ्याङ्कमा कुल जनसंख्या दुइ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । जसमध्ये ५१ दशमलव पाँच प्रतिशत महिला छन् । त्यसैगरी पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.