Websoft University

सबैले मास्क अनिवार्य लगाउनु पर्ने भयो


काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,विश्व स्वास्थ्य भसंगठन डब्ल्यूएचओले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्लुयूएचओले अहिले भने सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको हो । सार्वजनिक यातायात, बजार, शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्लुयूएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् । डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गर्नुुभएको छ । डब्लुयूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने उल्लेख छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.