Websoft University

नेपालमा कोरोना भाइरस संक्रमणबाट आज सम्म मृत्यु हुनेको संख्या ११ पुग्यो


काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,सुर्खेतमा बिहीबार मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । पश्चिम सुर्खेतमा क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका १ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किदा दु्रत परिक्षण गरिएको थियो र उनमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । युवकको मृत्युपछि पीसीआर विधीबाट जाँच गर्दा कोरोना पोजेटिभ आएको, अर्थात् कोरोना भएको पाईएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.