Websoft University

सुनसरीमा पुल निमार्णमा ठेकेदारको चरम लापरवाही, यात्रुलाइ सास्ती, हेर्नुस भिडियो


सुनसरी । रातो तारा डट कम,पुल निमार्णमा ठेकेदारको चरम लापरवाही भएको पाइएको छ । दुहुवी इनरुवा सडक खण्डमा पर्ने पुल निमार्णको जिम्मा पाएको कम्पनी नाइस कन्सल्टेन्सिको लापरवाहीको कारण जोखिम बढेको हो । गत फागुन महिना बाट सुरु भएको पुल ७७ असार मसान्त सम्म सक्नु पर्ने हो । 

ठेक्का पाएका कम्पनीका ठेकेदार सिरहा का रसिद रैन ले निमार्ण स्थलमा कुनै पनि सावधानी पूर्ण काम नगर्दा दुर्घटना सहितका जोखिम बढेको स्थानीय पशुपति शाहले बताए । निमार्ण सुरु भएकै दिनबाट सो क्षेत्रमा जोखिम बढेको हुँदा पनि ठेकेदारले कुनै चासो नदेखाएको उनले बताए ।

निमार्ण स्थलमा सुरुमा ड्राइभर्सन समेत निमार्ण नगर्दा पटक पटक दुर्घटना हुने सवारी फस्ने समस्य भएको उनको भनाई छ । बिकास गर्ने नाममा आफ्नै घर अगाडी जोखिम बढेको अर्का स्थानीय अनिल कुमार चौधरीले बताए । सडक निमार्णमा ठेकेदार र इन्जिनियर को लापरवाहीको कारण कति बेला मान्छेको दुर्घटना भएर मृत्यु हुने हो कुनै ठेगान नभएको बताए ।

निमार्ण स्थलमा ठेकेदारले कुनै लागत सहितको बोर्ड र कुनै वारी पारी सावधानी चिन्न समेत राखेनन् । यसैको कारण सो स्थानमा ३ वटा दुर्घटना भइसकेको छ । गत एक साताको अवधिमा २ वटा मोटरसाईक दुर्घटना हुदा २ युवा गम्भीर घाइते भए । उनीहरुको अहिले नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

 जेठ ९ गते सिद्धान्त यादव९२८० र जेठ १७ मा हेमन्त कुमार मण्डल९२४० घाइते भए । ति मध्ये हेमन्तको खुट्टा भाचिएको छ । भने शरिरका अन्य भागमा समेत गहिरो चोट लागेको श्याम देव मण्डलले बताए । निमार्ण गर्दा धेरै लापरवाही भएको हुँदा दुर्घटना भएको उनले बताए । नजिकै रहेका मान्छेहरुलाई निमार्ण स्थलको बारेमा थाहा हुने अरुलाई हुँदैन ।

यस बिषयमा ठेकेदारले कुनै सावधानी को लागि चासो न देखाउँदा समस्या भएको बताए । ठेकेदार ले कुनै पनि साइन बोर्ड समेत नराखि काम सुरु गर्नु अनि दुर्घटना भएपछि बास राखेर काम गरे जस्तो देखाउनु चरम लापरवाही भएको बताए । दुर्घटनामा घाइते भएकाको क्षति ठेकेदारले जिम्मा लिनु पर्ने उनको भनाइ छ ।

उता सडक डिभिजनका इन्जिनियर नितेस झा ले ठेकेदार र डिभिजनको बचाउँ गरे । सडकको ठूलो योजना नभएको र लकडाउनको कारण काम गर्न नपाएको भन्दै अफिसमा सबै बिबरण हुँने बताए ।

उनले सुरुमा राखिएको साइन बोर्ड का फोटोहरु आफुले देखाउने भन्दै धेरै तिर काम भइरहेको हुँदा कति पय बन्ने क्रममा रहेको बताए । राखिएका बोर्डहरु सधै आएका हावा हुरीको कारण उडाएको हुन सक्ने भन्दै बचाउँ गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.