Websoft University

प्रदेश १ मा २६ संक्रमित थपिए, ८ जना डिस्चार्ज


फायल फोटो,
विराटनगर, १ असार । रातो तारा डट कम, प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् ।  आज ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ । 

आज मोरंगमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण देखिएको छ । सुनसरीको बराहक्षेत्रमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष, झापाको मेची नगरमा १ पुरुष, मोरंगको केराबारीमा १ महिला, सुनवर्षीमा २ महिला र १९ जना पुरुषमा संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज २६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको छ । संक्रमित भएका मध्ये २६ महिला र ३ सय ७१ पुरुष रहेका छन् । 

प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरंग र २ जना संखुवासभाका रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ७४ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.