Websoft University

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने


विराटनगर, १ असार । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । 

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सो अस्पताललाई विपद् र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरेको बताउनु भएको छ । सो  प्रयोजनका लागि ५० करोड विनियोजन गरिएको छ ।

प्रादेशिक मेची अस्पतालको  सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटर सहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । मेची अस्पतालका लागि २३ करोड विनियोजन गरिएको छ 

धनकुटा प्रादेशिक शिक्षण अस्पतालको स्थापनार्थ विस्तृत संभाब्यता अध्ययन र पूर्वाधार विकासका लागि आवश्यक रकम विनियोजन गरिएको आङ्वोले बताउनुभयो । ५० शैया सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढीकरण, भेन्टिलेटर सहितको सघन उपचार कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । 

२५ शैया सम्मका अस्पतालहरूलाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्न सूचना प्रविधिमा आधारित उपचारको प्रबन्ध, अक्सिजन प्लान्ट जडान, फोहरमैला निर्मलीकरणका लागि अटोक्लेप मेसिनको  लागि स्रोतको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । अस्पातालहरूको सुदृढीकरण र सेवा विस्तारका लागि १ अर्व १० करोड  विनियोजन गरिएको छ । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण,अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको प्रबन्ध गर्न रू ६ करोड ४६ लाख विनियोजन गरिएको छ । दातृ निकायको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने प्रबन्ध मिलाएको आङ्बोले जनाउनुभयो । 

आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश नेचुरोप्याथी अस्पताल सञ्चालनका लागि आवश्यक रकम प्रबन्ध गरिएको बताईएको छ । सर्पदंशबाट हुने मृत्युलाई कम गर्न सर्पदंश उपचार केन्द्रका लागि भेन्टिलेटरको व्यवस्था बजेटमा गरिएको छ । 

अनुबंशिक अपांगता (हेमोफिलिया) भएका व्यक्तिहरूका लागि एन्टि हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी जीवन रक्षा गर्न  १ करोड बिनियोजन गरिएको छ । गर्भवती, प्रसुती, र नवजात शिशु समेतलाई उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ आमा कार्यक्रम सञ्चालन गरिनेछ।यसका लागि ५ करोड विनियोजन गरिएको छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आपतकालीन व्यवस्थापनका लागि हवाई उद्दार गर्न आवश्यक बजेटको प्रवन्ध गरिएको मन्त्री आङ्बोले बताउनुभयो । 

उदयपुरको कटारी, झापाको दमक र सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि र सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न १ करोड पचास लाख विनियोजन गरिएको छ ।

मोरङ्गको मंगलबारेस्थित मंगलवारे अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अत्याधुनिक प्रविधि र उपकरण सहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास एवम् स्तरन्नोति गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको मन्त्री आङ्वोले बताउनुभयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.