Websoft University

कृषकलाई अभिमुखिकरण गर्दै सुन्दरहरैंचा–१२


शिव भट्टराई,मोरङ असार १ गते । रातो तारा डट कम,कृषिमा बैज्ञानिकरण र व्यवसायिकतामा जोड दिंदै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ ले कृषकहरुलाई लक्षित गरी कृषि अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ । वडामा रहेका अगुवा कृषकहरुलाई प्रोत्साहन गर्न, कृषि पेशामा देखिएका समस्या समाधान तथा वैज्ञानिक खेति प्रणाली बारे जानकारी गराउने उद्देश्यले ३ दिने तालिम सुरु गरिएको हो । 

गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीको संयोजन तथा वडा नम्बर १२ को आयोजनामा शुरु भएको ३ दिने कृषि अभिमुखिकरण कार्यक्रममा कृषिमा आधुनिकरण, कौषी खेती, तरकारी खेति, रोग किरा सम्बन्धि जानकारी र नर्सरी लगायतका विषयमा कृषकहरुलाई जानकारी गराइने वडाध्यक्ष रोशन ढकालले जानकारी दिनुभयो । 

आर्थिक विकास अन्तरगतको कार्यक्रम अनुसार कृषकहरुलाई थप दक्ष बनाउन अभिमुखिकरण सञ्चालन गरिएको वडासचिव अनिल पोखरेलले जानकारी दिनुभयो । वडाका २० जना अगुवा कृषकहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन ढकालको प्रमुख आथित्यतामा भयो भने कार्यक्रमको अध्यक्षता गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टरका प्रवन्धक बसन्त रेग्मीले गर्नु भएको थियो । 

अभिमुखिकरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई, प्राविधिक सहायक सुदिप भण्डारी, विवेक भट्टराई लगायतले सहजिकरण गर्नु हुने गुडलक एजुकेशनका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिनुभयो । तालिममा कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरिएको थियो भने  मास्क वितरण गर्नुका साथै सेनिटाइजर लगाइर मात्र कार्यक्रममा सहभागी गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.