Websoft University

नेपालमा आज कोरोना संक्रमतिको संख्या ६ हजार दुइ सय ११ पुगेको पुष्टि


काठमाण्डौ असार १ गते । रातो तारा डट कम,गत २४ घण्टामा नेपालमा चार सय ५१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । जसमा ३५ महिला र चार सय १६ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीमा ३५ महिला सहित चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको हो । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार दुइ सय ११ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको जम्मा संख्या एक हजार ४१ जना पुगेको गौतमले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.