Websoft University

युवाले सयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाए


फायल फोटो,
काठमाण्डौ असार १ गते । रातो तारा डट कम,भक्तपुरका चार जना  प्राविधिक र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर हरु मिलेर  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच सेन्सर युक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । भक्तपुरका  विकास प्रजापति, दीपेश वेंजू,रत्नसुन्दर हाकुदुवाल र उमेश यादवले लकडाउनकै बीच मेसिन निर्माण पूरा गरेका हुन् ।  चार लिटर क्षमताको कन्टेनर भएको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रतिसेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने दीपेश वेंजूले  जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मेसिनमा स्यानिटाइजर मात्रै नभई, स्याम्पु र झोल साबुन समेत राखेर प्रयोग गर्न सकिन्छ । करिब एक फिट चौडाइ र डेढ फिट उचाइ भएको उक्त मेसिन आवश्यकता एवं ठाउँअनुसार भित्तामा झुन्ड्याउन र टेबलमा राख्न मिल्ने गरी बनाइएको हो  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.