Websoft University

चीनमा दोस्रो दिन ४९ जना सङक्रमित भेटिए


काठमाण्डौ असार १ गते । रातो तारा डट कम,चीनमा दोस्रो दिन कोरोना भाइरसका कारण ४९ जना सङक्रमित भेटिएका छन् । चीन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनमा ४९ जना नयाँ कोरोना सङक्रमित फेला परेकोमा ३६ जना राजधानी बेइजिंगका छन् । बेइजिंगमा लगातार दोस्रो दिन कोरोना भाइरसका कारण सङक्रमितको संख्या ३० को दरले थपिएको छ । यसअघि शनिवार पनि ३० जना कोरोना सङक्रमित फेला परेका थिए । समाचार संस्था एएफपीका अनुसार बेइजिंगको हेडियान क्षेत्रमा थोक बजारबाट सङक्रमणफैलिएको भन्दै बजार र अन्य क्षेत्रलाई बन्द गरिएको छ । चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको सङक्रमणपछिल्लो समय राजधानी बेइजिंगमा फैलिन थालेपछि त्यहाँ दोस्रो चरणको महामारीको आशंका गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.