Websoft University

१६ जिल्लाका प्रहरी प्रमुखहरु को को काहा परे जानीराखौं


काठमाण्डौ असार २ गते । रातो तारा डट कम,प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उहाँको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा सरुवा हुनुभएको छ । त्यहाँ जीवनकुमार श्रेष्ठलाई पठाइएको छ । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणालाई पठाइएको छ । तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दीपक रेग्मी, पाल्पामा दीपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङलाई पठाइएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.