Websoft University

तातोपानी नाका बाट सामान आयात हुन थाल्यो

  
काठमाण्डौ असार १० गते । रातो तारा डट कम, तातोपानी नाका बाट सामान आयात निरन्तर हुन थालको छ । बाटो बनाउने क्रममा केहि समय सामान बोकेका कन्टेरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार प्रमुख लाल बहादुर खत्रीले बताउनुभो । वर्खा लागेसँगै ठाउँ, ठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बन्जी छेउ भाले भीरमा बाटो अप्ठेरो भएतापनि अहिले सहज रुपमा कन्टेनर गइरहेको बताउँदै प्रमुख खत्रीले माथिबाट यो बाटो सधै सुचारु गर्न निर्देशन भएको बताउनुभयो  । बाह्रबिसे माथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षात्को समयमा पहिरो आउने सम्भावना भने सधै छ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.