Websoft University

लकडाउन खुकुलो भएसँगै सडकमा सवारी साधनको चाप बढ्यो


काठमाण्डौ असार १० गते । रातो तारा डट कम,लकडाउन खुकुलो भएसँगै सडकमा सवारी साधनको चाप बढेको छ भने सार्बजनिक स्थलमा भीडभाड देखिन थालेको छ । जसका कारण समूदायमा कोरोना सङ्क्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । मानिसहरु घर बाहिर निस्किने क्रम बढेसँगै सार्बजनिक स्थल र चिया पसलहरुमा पनि भीड देखिन थालेको छ । तर अनिवार्य मास्क लगाएर निस्किए खासै समस्या नहुने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । घरभित्र गुम्सिएर बस्नुको सट्टा घर बाहिर निस्कँदा र शारीरिक व्यायाम गर्दा शरीरलाई फाईदा पुग्ने जनस्वास्थ्यविज्ञ डा. समिरमणी दिक्षितले सीआईएनसँग बताउनुभयो । यसअघि हिजो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रोग प्रतिरोधात्मक क्षमता बढ्ने हुनाले, शारिरीक व्यायाम गर्न आग्रह गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.