Websoft University

कृपि समचार–कटहरीमा गरिदै आएको तरकारी खेती किसानका लागि अतिनै लाभ दायक हुदै,


बिराटनगर असार १० गते । रातो तारा डट कम,कृपि समचार–कृषि विकास कार्यालय मोरङले बिराटनगर महानगरपालिका छेउका कटहरीसहित छेउको सिसबनी जहदा गाउँसमेतमा ब्लक कृषिमा तरकारी खेती कार्यक्रम सुरु गरेको हो । विराटनगर शहरसित पूर्वदक्षिणमा जोडिएको कटहरी पछिल्लो पुनःसंरचनामा उपमहानगरपालिकाभित्र परेको छ । तरकारी उत्पादनका लागि कटहरी गाउँपालिका क्षेत्रको जमिन निकै उर्वर क्षेत्र मानिन्छ । हाल यहाँ दुई हजार बिघाभन्दा बढी क्षेत्रफलमा बिभिन्न जातका तरकारी बालीको खेती गरिदै आएको पाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उत्पादन र उत्पादकत्व बढाउँदै हरियो तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले ब्लक कार्यक्रम लागु गरिएको जिल्ला कृषि प्रमुख मनोजकुमार यादवले बताए ।  ब्लक कार्यक्रमअन्तर्गत कम्तीमा पनि एक सय हेक्टरमा तरकारी खेती गर्नु पर्नेछ । कार्यक्रम लागु भएपछि कार्यालयले बीउ, बेर्ना, मल, सिँचाइ, बजार व्यवस्थापनलगायतका सहयोग उपलब्ध गराउनेछ । तर यसका लागि ब्लक सञ्चालक समितिको प्रस्ताव आवश्यक पर्छ । 

यस्तो सञ्चालक समिति स्थानीय किसानकै सहभागिता र संलग्नतामा निर्माण गरिने हुँदा किसानका समस्या र आवश्यकता गाउँमै पूरा हुने विश्वास स्थानीय कृषक मनोजकुमार सिंहले व्यक्त गरे ।  गाउँमा ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार गरेमा जोनका रूपमा समेत विस्तार गर्न सकिने प्रमुख यादवले जानकारी दिए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.