Websoft University

मुख्यमन्त्री राईलाई यातायात केन्द्रिय महासंघ प्रदेश १ को ध्यानआकर्षण


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,दिनप्रति दिन कोरोनाको संक्रमण बढिरहेको हुँदा सार्वजनिक यातायातलाई सिमित यात्रु राखेर संचालन गर्न भनिए पनि यातायात ब्यबसायी धरासायीमा गएको भन्दै यातायातको दैनिक संचालन खर्च र यातायात मजदुरको ज्याला समेत बेहोर्न नसक्ने भएपछि सार्वजनिक यातायात संचालनमा अझै आउँन सकेको छैन। त्यसै गरि प्रदेश १ सार्वजनिक यातायात केन्द्रिय महासंघले यातायात मजदुर र यातायात ब्यबसायीको समस्या राख्दै मुख्य मन्त्री शेरधन राईलाई ध्यान आकर्षण गराएको छ।

नेपाल सरकारले प्रस्तुत गरेको ०७७/०७८ को बजेट प्रस्तुती पश्चात एकाएक यातायात ब्यबसायीहरुको आशा निराशामा बलिएको छ। सार्वजनिक सवारी साधनहरुको एक मात्रा अभिभावक तथा छाता संगठन रहेको सार्वजनिक यातायात केन्द्रिय महासंघ १ नं. प्रदेश गत जेठ २८ गते प्रदेश १ को मुख्य मन्त्रिको कार्यालयमा यातायात ब्यबसायीलाई र यातायात मजदुरलाई राहत सहुलियत ब्यबस्था बारे ज्ञापन पत्र बुझाएको थियो। बन्दाबन्दीको मारमा परेका यातायात ब्यबसायी र यातायात मजदुरलाई उकास्न राहत पुग्ने गरि नीति तथा कार्यक्रम र बजेटमा नछुत्याएको हुँदा यातयात ब्यबसायीले सार्वजनिक सवारी साधन संचालन गर्न सकेको देखिदैन।


धरापमा रहेको यातायात ब्यबसायीहरुलाई उकास्ने र पुर्नस्थापना गराउन प्याकेज घोषणा गर्न, बन्दाबन्दिका कारणले यातायात ब्यबसायीहरुलाई सुचारु गराउन बैंक तथा बितिय संस्थाले लकडाउन अबधिभरिको किस्ता चुक्ता गर्नका लागि एक वर्ष समय थप गरि बिना ब्याज , हर्जना किस्ता तिर्ने सहुलियत दिन, सरकारले लिने गरेको सबै शिर्षकको कर एक वर्षको छुट दिन लगायतको माग सार्वजनिक यातायात ब्यबसायी केन्द्रिय महासंघ प्रदेश १ ले गरेको छ। प्रदेश १ सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव रमेश खत्रीले सरकारले तत्काल यातायात मजदुर र यातायात ब्यबसायीको माग सम्बोधन गर्न प्रदेश सरकारलाई मंगलबार ध्यान आकर्षण गराएको छ ।

सार्वजनिक यातायात केन्द्रीयमहासंघ प्रदेश १ अध्यक्ष महेन्द्र अधिकारीले प्रदेश १ का मुख्य मन्त्री शेरधन राईसंग यातायात ब्यबसायी र यातायात मजदुरको समस्या बारे ध्यान आकर्षण गराउँदा सकारात्मक प्रतिक्रिया दिएको बताए । उता भने प्रदेश १ का मुख्यमन्त्री राईले सार्वजनिक यातायात ब्यबसायी र यातायात मजदुरको समस्या छिटै नै सम्बोधन गर्ने बताएका छन् ।

कोरोना भाइरस ( कोभिड-१९ ) बाट नेपालमा संक्रमितको संख्या दिनहु बढी रहेको छ। नेपाल सरकारले बन्दाबन्दि ( लकडाउन) सुरु गरे पश्चात स्वाभाविक रुपमा सबै ब्यबसायिहरु मारमा परेका छन्। त्यस मध्ये मुलुकै महत्वपुर्ण यातायात यातायात ब्यबसाय जुन ब्यबसाय बिना अरु सबै ब्यबसाय मारमा परेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.