Websoft University

महानगरपालिकाले आज आ.व.०७७-०७८ का लागि ३अर्व ३७ करोडको बजेट सार्वजनिक गर्यो

विराटनगर असार  १० गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ३ अर्ब ३७ करोडको बजेट आज सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि १नम्बर प्रदेश प्रमुख मानवीय  सोमनाथ प्यासी अधिकारी ज्यू ले छैटौं महानगर सभा उदघाट गर्नु हुदै,आफ्ना भनाइ राख्नु नगरसभा सफलताको शुभकामना समेत दिनु भयो।

सघीय सासद प्रदेश सासद १ नम्बर प्रदेश, सामाजिक बिकास मन्त्री जीवन घिमिरे र विभिन्न पाटिनका प्रतिनिधिहरू समेतले आ आफ्ना कुरा राख्नु हुँदै,छैटौं नगर सभाको सफलताको लागि शुभकामनाहरू दिनु भएको  थियो।

बुधबार महानगरपालिकाको छैटौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले सम्पूर्ण उपस्थित महानुभावहरू लाई स्वागत गर्नु हुँदै नगर सभामा  ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । चालू आर्थिक वर्षको भन्दा १ अर्ब ७४ करोड ४९ लाख कम बजेट महानगरले ल्याएको हो ।

आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमा महानगरपालिको प्रशासनिक खर्च तर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्यान्डफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरेको छ ।

नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ २ करोड ९ लाख २४ हजार र भौतिक पूर्वाधार निर्माण लगायतका अन्य पुँजीगत खर्च तर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुँपैयाँ बराबरको बजेट विनियोजन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरेको छ ।

विराटनगर महानगरपालिकाद्धारा संघीय सरकार सशर्त अनुदानबाट १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड १० लाख ९ हजार १ सय ८०, संघीय सरकार बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख ७८ हजार १ सय ८० र जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार रुँपैया आर्जन हुने अनुमान गरिएको छ ।

प्रजातन्त्र सेनानीलाई सम्मान :-

विराटनगर महानगरपालिकाले ४ जना प्रजातन्त्र सेनानीलाई नगरसभाको अवसरमा सम्मानित गरेको छ । सम्मानित हुनेमा रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई र श्याम सुब्वा रहेका छन् ।

महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय आजीवन दिने घोषणा गरेको छ । स्वास्थ्यका कारण अन्य ३ जना प्रजातन्त्र सेनानीहरु कार्यक्रममा उपस्थित हुन नसकेको महानगरले जनाएको छ ।

एक घर एक रसिला फलफूल :-
विराटनगर महानगरपालिकाले एक घर एक रसिला फलफूलको नीति लिएको छ । नगर सभाका अध्यक्ष  तथा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हरेक घरमा रसिला फलफूलको विरुवा लगाउनका लागि महानगरले प्रोत्साहन गर्ने र महानगर वासीका मागलाई सकेस सम्बोधन  बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.