Websoft University

त्रियुगा नगरपालिका गाईघाटले आर्थिक वर्ष २०७७⁄०७८ को लागी १ अरब १५ करोड ९३ लाख को बजेट ल्यायो


गाईघाट १० असार । रातो तारा डट कम, त्रियुगा नगरपालिका गाईघाटले आर्थिक वर्ष २०७७⁄०७८ को लागी १ अरब १५ करोड ९३ लाख २९ हजार ३४ रुपैया को वजेट ल्याएको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ६ सय ४९ रुपैया वढी छ । नगरपालिका को सभा हलमा वुधबार आयोजित पाचौ नगरसभामा मेयर वलदेब चौधरी ले वजेट प्रस्तुत गरेका हुन । 

आम्दानी तर्फ वित्तिय समाजीकरणमा २१ करोड १ लाख रहेको छ । राजस्व वाडफाड मा १६ करोड ३ लाख २७ हजार ७१ रुपैया रहेका छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको राजस्व बाडफाड मा करिब ३ करोड कम हो । 

त्यसैगरी राजस्व वाडफाड कै प्रदेश सरकार वित्तिय समानीकरणमा ८४ लाख ८२ हजार, आन्तरिक आय तर्फ नगरपालीका ले यो वर्ष ९ करोड ३६ लाख ४१ हजार विनियोजित गरेकोछ । 

प्रदेश सरकार सवारी साधन कर वापत १ करोड ७० लाख २८ हजार रहेकोछ । आगामी वर्षको वजेटमा स्थानीय संचित कोष वापत रकम विनियोजीत गरीएको छैन । साना सिचाई कार्यक्रम अन्र्तगत १ करोड ६८ लाख १८ हजार, ५ सय, ७८ रुपैया ८८ पैसा, सडक वोर्ड तर्फ ५० लाख श्रममुलक कार्यक्रम (शहरी शासकिय क्षमता तथा पुर्वाधार सुधार आयोजना) तर्फ १ करोड ५० लाख नगर सभामा प्रस्तुत गरियो त्यसैगरी समपुरक अनुदान तर्फ ६४ लाख प्रदेश समपुरक तर्फ १ करोड विनियोजित गरीएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.