Websoft University

नेपाली चलचित्रको गीतमा पहिलो पटक टिकटक प्रतियोगीता – यी हुन टप २० मा पर्नेहरु – हेर्नुहोस्


शिव भट्टराई मोरङ । रातो तारा डट कम,नेपालमा फिल्मी क्षेत्रमै पहिलो पटक नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक, निर्माता, निर्देशक भिम लामाले शुरु गरे । 

लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ 'माया तिमीलाई गर्छु म ‘भन्ने गीतलाई टिकटक प्रतियोगीतामा समावेश गरी उत्कृष्ट २० छनौट गरिसकेको लामाले बताएका छन् ।

प्रतियोगितामा बिवाद नहोस भनेर सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने, छान्ने जिम्मा लाइक, कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको लामाले बताएका छन् ।

यी हुन उत्कृष्ट २० मा पर्न सफल प्रतियोगीहरु
गुणगुण थापा, जुना लामा, श्रेया शर्मा, अनु मगर, जेसिका रिजाल, रक्षा राई, कमान सिङ दाई, बिशाल पाठक, रेश्मा बान्तावा राई बिनोद खड्का, कन्चन राई ,शिव भट्टराई भावना नेपाल भट्टराई , Aarti Watpang Rai ,सन्जय गिरि, मोहन क्षितिज, रमियो लिम्बु, निशा लामा, बिष्णु बिक्रम निरौला, मिना रसाइली ,तिर्थ राज बिक, मोनिका हमाल

 त्यस्तै उत्कृष्ट १० मा छनौट गर्नको लागि पनि फेक फ्रेण्ड चलचित्रकै 'सधैं तिमीलाई यी नयनले खोजिरहन्छ ' बोलको गीत रहेको छ।

टप २० बाट फेरि टप १० छान्ने अनि टप १० बाट एकजना उत्कृष्ट टप १ छानिनेछ , टप १ हुने बिजयी प्रतियोगिले नगद रु,११,१११ र प्रमाणपत्र सहित भिम लामाले निर्माण गर्ने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिने उनको भनाई छ ।

लामाले लकडाउनको भरपुर सदुपयोग गर्दै कलाकार बन्न चाहने र टिकटक प्रेमिहरुलाई सुवर्ण अबसर दिएका छन । यसरी अबसर दिईएको चलचित्र फेक फ्रेण्डको निर्देशक स्वयं भिम लामा हुन् र यदि यो टिकटक प्रतियोगिता सम्बन्धि बुझ्न चाहनु हुन्छ भने ९८५२०६३५३४ र ९८१३६३१०१२ मा सिधा सम्पर्क पनि गर्न सक्नुहुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.