Websoft University

दारीग्याङ सुन्दरहरैंचाद्वारा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई एन नाइन्टिभाइभ मास्क वितरण


शिव भट्टराई,मोरङ । रातो तारा डट कम, सुन्दरहरैंचाले सुन्दरहरैंचाका सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई एन नाइन्टिभाइभ मास्क वितरण गरेको छ ।

दारी ग्याङ सुन्दरहरैंचाले सुन्दरहरैंचास्थित गछिया प्रहरी चौकीलाई २० थान, सशस्त्र प्रहरी बल सलकपुरलाई २५ थान, प्रहरी चौकी विराटचोकलाई २० थान तथा कोभिड पत्रकार समूह सुन्दरहरैंचालाई १५ थान गरि ८० थान एन नाइन्टिभाइभ मास्क मास्क र १÷१ प्याकेट पञ्जा वितरण गरेको हो ।

कोरोना संक्रमण रोकथामका क्रममा अग्रपंक्तिमा खटिने हुनाले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क वितरण गरिएको दारी ग्याङ सुन्दरहरैंचाका रेवती निरौलाले जानकारी दिनु
भयो । जेठ पछि लकडाउन खुल्यो भने अझै ठूलो जोखिम हुन सक्ने सम्भावना देखिएकाले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि २५ हजार बराबरको मास्क र पञ्जा प्रदान गरिएको दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव बास्तोलाले बताउनुभयो ।

मास्क वितरणपछि आफ्नो धारणा राख्दै सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुले दारी ग्याङमा आबद्ध युवा पुस्ताले सामाजिक भावका साथ गरेको सहयोगले कार्यसम्पादनमा सहजता आउने बताए । सामाजिक सञ्जाल फेसबुकबाट सुरुवात भएको दारीग्याङको देशव्यापी सञ्जाल रहेको छ । जसले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.