Websoft University

लकडाउनका बेला महानगरले रेडियो शिक्षा सुरु गर्यो


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम,काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । लकडाउनका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी वनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफएम मार्फत आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गर्ने जनाएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफएम ९४ दशमलव ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । काठमाडौँ महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय तीन वटा विशेष विद्यालय र ६ सय ४३ वटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो । 

महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएम ९४ दशमलव ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने सूचना प्रविधि बिभागका निमित्त प्रमुख युवराज खनालले जानकारी दिनु
भयो । उहाँका अनुसार रेडियो शिक्षाका लागि कक्षा एक देखि तीन सम्मका लागि २५ मिनेट र कक्षा चार देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ । शिक्षा विभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि बिषय समावेश गरिएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.