Websoft University

प्रदेश १ का सवै जिल्ला संक्रमित छैनन् ः मन्त्री घिमिरे


विराटनगर, २८ जेठ । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताउनुभएको छ । 

आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएतापनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘  प्रदेश १ मा देखिएको कोरोना संक्रमण भारतबाट आएकाहरुबाट भएको छ ।’ 

प्रदेश १ का बासीन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको मन्त्री घिमिरेले बताउनुभयो । भारतबाट आएपनि घर पुग्न पाएका छैनन, घर भएकाको आधारमा जिल्लालाई संक्रमण फैलिएको बनाइयो उहाँले भन्नुभयो । प्रदेश १ मा समुदाय स्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गर्नुभयो।  उहाँले भन्नुभयो,‘ समुदायमा संक्रमण हुन दिएका छैनौं, पोजेटिभ देखिनासाथ अस्पताल पु¥याएका छौं ।’ 

पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएकोबताउनुभयो । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उहाँले बताउनुभयो । भुल्केबाटै ‘थ्रिटि’ टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम शुरु भएको मन्त्री घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ भुल्केको संक्रमणलाई पूर्णरुपमा नियन्त्रण गरिएको छ ।’ 

भुल्केमा पहिलेकै संक्रमण देखिने संभावना नभएको मन्त्री घिमिरेको भनाई छ । भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको उहाँले बताउनुभयो ।  भुल्केको अनुभवले, अनुभवी र आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले भुल्के संक्रमणलाई नियन्त्रणमा ल्याउनका लागि गरिएका प्रयासहरुको प्रस्तुती गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.