Websoft University

प्रदेश १ का संक्रमितमा कोरोना लक्षण देखिएन


विराटनगर, २८ जेठ। रातो तारा डट कम, प्रदेश १ मा आज सम्म २ सय ९६ जना संक्रमित भएका छन् । आज १४ जना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिउको छ । प्रदेश १ मा १ सय २४ जना डिस्चार्ज भएका छन् । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि आज सम्मका संक्रमितमध्ये अधिकांशमा कोरोनाको लक्षण नदेखिएको बताएको छ ।  कोरोना संक्रमति देखिएका मध्येपनि केहीमा सामान्य लक्षण देखिएको छ । 

प्रदेश १ मा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्र पारिएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो । प्रदेश १ का १२ वटा जिल्लाका ८१ वटा स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको उहाँले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा उहाँले ८१ वटा स्थानीय तहमा १ सय १२ वटा कन्ट्याक्ट ट्रेसिङ टिमहरु ग्ठन भई काम भईरहेको उहाँले बतानुभयो । उहाँले भन्नुभयो,‘ हाल सम्म १ सय ७० वटा केशको  इन्टेष्टिगेसन र ट्रेसिङको काम भएको छ ।’ 

कन्ट्याक्ट ट्रेसिङका आधारमा विभिन्न जिल्लामा संक्रमण देखिएका २ सय ५३ जना  विदेशबाट आएको देखियो उहाँले भन्नुभयो । विदेशबाट आएकाहरुको सम्पर्कबाट ३० जनामा संक्रमण भएको पाईएको उहाँले बताउनुभयो । कन्ट्याक्ट टे«ेसिङ फोकल टिमका संयोजक समेत रहनुभएका डा. मेहताले प्रदेश १ मा यूवा समूह २०–३० वर्षका सवैभन्दा बढी १ सय १६ जना संक्रमित भएको बताउनुभयो । उहाँका अनुसार ६० वर्ष माथिका १ र बालबालिका २ जना रहेका
छन् । 

कोरोना संक्रमण देखिएका मध्ये ४ जनामा मधुमेह, १ जनामा उच्चरक्तचाप, २ जनामा थाईराइड र १ गर्भवती महिला भएको बताईएको छ । ३ वटा आइसोलेशन अस्पतालहरुमध्ये विराटनगरमा २२ जना, धरानमा ५५ जना र सुन्दरहरैचामा ८१ जनाको अहिले उपचार भईरहेको छ । 

आज संक्रमण देखिएकाहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचार सवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.