Websoft University

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तिन सय भन्दा बढीलाई रोजगार



काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम,पाल्पाको रिब्दीकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तिन सय जना भन्दा बढी स्थानीयलाई रोजगारी दिएको छ । पर्यटकिय क्षेत्रको विकास सरसफाई तथा मर्मत सुधारलाई ध्यानमा राखेर जलेश्वर क्षेत्रको पर्यटकिय विकासका लागी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका श्रमीक काममा लगाएको गाउँपालिकाले जनाएको हो । 

अहिले दैनिक रुपमा पर्यटकिय क्षेत्र संगै सडकको ढल सुधारलाई समेत प्राथमिकता दिएर काम भइरहेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका आठ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएकोछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रिब्दीकोटमा ४८ लाख रुपैंया बराबरको काम गरिने गाउँपाकिाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम अर्यालले जानकारी दिनुभयो । 

कृषि कार्यालय र जिल्ला वन कार्यालयसंग समन्वय गरेर रिब्दीकोट गाउँपालिकाले आयमुलक र वृक्षारोपणमा समेत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने अधिकृत अर्यालले जानकारी दिनुभयो । विदेशबाट आएका तथा विपन्न र श्रम गर्न चाहनेलाई रोजगार कार्यक्रममा प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.