Websoft University

पहिरोले स्वास्थ्य चौकी पुरिँदा सेवा रोकियो



फियल फोटो,
बिराटनगर असार १३ गते । रातो तारा डट कम,संखुवासभाको शिलिचोङ् गाउँपालिका २ बालामा रहेको स्वास्थ्य चौकी पहिरोले पुरिएको छ । बिहिबार बिहान करिव ६० मिटर माथिबाट झरेको पहिरोले पुरिएकाले स्वास्थ्य चौकीबाट प्रवाह हुने सम्पूर्ण सेवा रोकिएको शिलिचोङ् वडा नं. २ का अध्यक्ष मोहन सम्सेर कुलुङ्ले जानकारी दिनुभयो । 

पहिरोले स्वास्थ्य चौकीमा रहेको कागजात, स्वास्थ्य उपकरण, कम्प्युटर, ल्यापटप, औषधी, फर्निचर लगायत सबै स्वास्थ्य सामग्री पुरिएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य चौकी भवनसहित सम्पूर्ण सामग्री पुरिएपछि उद्धारका लागि सिसुवाटारबाट खटिएको प्रहरी टोलिले पुरिएका केही सामग्री निकालेको थियो । पहिरोबाट स्वास्थ्य चौकी भवन पुरिंदा करिब ५० लाख बराबरको क्षति भएकोे गाउँपालिकाले जनाएको छ । 

पहिरोका कारण स्वास्थ्य चौकी भवन पूर्णरुपमा क्षति भएकाले त्यहाँबाट प्रवाह भइरहेका सेवा केहिदिन अवरुद्ध हुने शिलिचोङ् गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले जानकारी दिनुभयो । शिलिचोङ् क्षेत्र पहिरोको उच्च जोखिम रहेको छ । जथभावी डोजर लगाएर सडक खन्ने प्रतिष्पर्धा बढेकाले जहिँतहिँ पहिरोको जोखिम बढेको स्थानीय लाल बहादुर कुलुङले बताउनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.