Websoft University

नेकपाको बैठक आज पनि बस्दै


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा हिजो बोल्न बाँकी स्थायी कमिटिका सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा मुख्यगरी भारतसँगको सीमा समस्याका विषयमा नेताहरूले आफ्नो कुुरा राखेका थिए । हिजो १८ जना सदस्यले आफ्नो धारणा राखेका छन्, बाँकी सदस्यले आज बोल्ने बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री उपस्थित भए फरक ढंगले छलफल अघि बढ्ने एक नेताले सीआईएनसँग बताउनुभयो । हिजोको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि पार्टीभित्रै र बाहिर पनि आलोचना भइरहेको छ । कतिपयले बैठकमा सरकारको आलोचना हुने भएकाले प्रधानमन्त्री अनुपस्थित भएको पनि बताइरहेका छन् । नेकपाको स्थायी कमिटि बैठकका लागि एमसीसी परियोजना, सरकारको काम, कोरोना महामारी लगायतका विभिन्न ऐजेन्डा तय भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.