Websoft University

२४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाण्डौ जेठ २२ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै संक्रमितको संख्या दुइ हजार ६ सय ३४ पुगेको छ । 

डा. देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका एक सय १३, रौटहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५ सप्तरीका १३, बागलुङका १० जना रहेका छन् । आजै संक्रमित हुनेमा बाराका सात, धनुषाका ६, झापाका र बाराका पाँच–पाँच, पर्वतका चार, डोटी, खोटाङ, सर्लाही र महोत्तरीका तीन–तीन, मोरङका दुइ, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, पर्सा, स्याङ्जा र मुगुका एक–एक जना रहेका छन् । आज सम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ६१ हजार दुइ ६२ रहेको छ । 

त्यसैगरी आइसोलनमा दुइ हजार तीन सय ३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यससंगै डिस्चार्ज हुनेको संख्या दुइ सय ९० रहेको छ । नारायणी अस्पतालबाट पाँच जना र कलैया अस्पतालबाट सात जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्रत विधिबाट एक लाख २५ हजार पाँच सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार एक सय ३४ परीक्षण गरिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.