Websoft University

संक्रमीत संचारकर्मी सहित चार जना अस्पताल बाट डिस्चार्ज


श्याम राई-गाईघाट जेष्ठ २२ गते । रातो तारा डट कम,कोरोना संक्रमीत संचारकर्मी सहित चार जना निको भएर विहिबार अस्पताल बाट डिस्चार्ज भएकाछन । 

बिराटनगर स्थीत कोशि अस्पताल को आईसोलेसनमा उपचार गराईरहेका उनिहरु को पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज गरीएको हो । निको भएका चार मध्ये एक भारतीय नागरिक लाई विराटनगरकै  एक क्वारेन्टीनमा राखीने र बाकी तिन जना लाई राती सम्ममा गाईघाट ल्याउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर ले जनाएको छ ।

उनिहरुलाई क्वारेन्टीनमा वा होम क्वारेन्टीन कहा राख्ने भन्ने बारे  छलफल भैरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले भने । पछिल्लो पटक जेष्ठ २ गते २५ वर्षिय संचारकर्मी राकेश नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 

त्रियुगा नगरपालिका ३ भुल्के मस्जीद क्षेत्र वाहीर  नेपाली मा पहीलो पटक संक्रमण पुष्टी भए संगै जेष्ठ ३ गते देखी उनलाई उपचार को लागी आईसोलेसनमा राखीएको थियो । १९ दिन अस्पताल मा वसेर उनी निको भएका हुन। उदयपुर मा अहिले सम्म कोरोना संक्रमीत को संख्या ३३ जना रहेकोमा ३२ जना निको भैसकेको र एक जना को उपचार भैरहेको छ । उपचार भैरहेको संक्रमित महिला हुन । मंगलबार पुःन गरिएको परिक्षणमा ति महिलाको रिपोर्ट मा पोजेटिभ आएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.