Websoft University

१ लाख ५० हजार थान परिक्षण किट सरकारले खरिद गर्ने



काठमाण्डौ जेठ २३ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक लाख ५० हजार थान द्रुत परिक्षण किट आरडीटी खरिद गर्ने निर्णय गरेको छ । मन्त्रालय अन्तरगर्तको कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको हिजो बसेको बैठकले कोभिड–१९ को परीक्षण थप बढाउनुपर्ने भन्दै थप एक लाख ५० हजार थान द्रुत परिक्षण किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । विभागले यसैसाता एक लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ । त्यो भन्दा अघि पनि मन्त्रालयले अर्को एक लाख २५ हजार थान आरडिटी किट खरिद गरेको थियो । त्यसअघि ओम्नी कम्पनीले ७५ हजार थान किट किनेर ल्याएको थियो । जनस्वास्थ्य वैज्ञानिकहरुले संक्रमण भएको छ या छैन भन्नलाई द्रुत परिक्षण विधिको परीक्षणले थाहा नपाउने भएकाले प्रयोग नगर्न सुझाव दिएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.