Websoft University

एमसीसी परियोजनाको बारेमा छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै



काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम, एमसीसी परियोजनाको बारेमा छलफल गर्न सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठकमा एमसीसी परियोजनालाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमसीसीका बारेमा अध्ययन गर्न गठित नेकपाको कार्यदलले यथास्थितिमा एमसीसी परियोजना पारित गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको भए पनि यस बारेमा नेकपामा एक मत बन्न सकेको छैन । सचिवालय बैठकअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिसक्नुभएको छ । 

एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनाल र भीम रावलले जस्ताको त्यस्तै पारित गर्न नहुनेमा जोड दिँदै आउनु भएको छ भने अर्का सदस्य प्रदीप ज्ञवालीले यसमा फरक मत राख्दै आउनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.