Websoft University

ट्यकक्टर दुर्घटनामा एक युवतीको मृत्यु


मोहन कुमार राई-जेष्ठ १९ गते । रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरी तर्फबाट चैनपुर तर्फ गइरहेको ट्याक्टरमा सवार एक युवतीको गुडिरहेको अवस्थामा पछाडी डालाबाट सडकमा झर्दा  मृत्यु भएको छ ।

चैनपुर नगरपालिका वडा नं. ५ सिद्धपोखरी सडक खण्डमा चैनपुर तर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरको पछाडी डालामा बसेकी दातेन्जी शेर्पाको छोरी  २१ वर्षकी पेम्वाल्यामु शेर्पा अचानक ट्याक्टरबाट उछिटन गई लडी गम्भिर घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर तर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

मृतकको लास पोष्टमार्टमको लागि प्रथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको र ट्याक्टर चालक दोर्ची शेर्पा र ट्याक्टर इलाका प्रहरी कार्यालय चैनपुर संखुवाभाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.