Websoft University

कुष्ठरोग संगती र आईपासद्धारा ५ लाख बढीको सामाग्री हस्तान्तरण


विराटनगर, जेठ १९ । रातो तारा डट कम, प्रदेश १सरकारलाई नेपाल कुष्ठरोग संगती र आईपास नेपालले ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कुष्ठरोग संगतीका प्रदेश १ संयोजक एन्ड्रयु सिथलिङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समााजिक विकास मन्त्री जीवन घिमिरेलाई ३ लाख ५० हजारको आईसियु प्यासेन्ट मोनिटर हस्तान्तरण गर्नुभएको छ । यस्तै आईपास नेपालले १ लाख ९१ हजारको विभिन्न स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । 

मास्क,ग्लोब्स, गाउन लगायतका सामाग्रीहरु आईपास नेपालका प्रदेश संयोजक केदार भण्डारीले मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोनाको कहिले सम्म रहने भन्ने नभएकाले सहयोगी संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु आगामी दिनमा पनि सहयोग गर्नका लागि आग्रह गर्नुभयो । 

स्वास्थ्य सामाग्री उपलब्ध गराउने संस्थाहरुलाई उहाँले धन्यवाद दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.