Websoft University

अवैध बस्तु तथा सुर्तीजन्य पदार्थहरु गाइघाट भित्र्याउने क्रम जारी


श्याम राई-गाईघाट जेष्ठ १९ गते । रातो तारा डट कम, लकडाउनको वेला प्रहरी संग सेटीङग मिलाएर व्यापारीले अवैध सुर्ती गुटखा रजनीगन्धा र मदीराजन्य पदार्थ यो क्षेत्रमा  भित्राउने गरेकाछन । खाद्धान्न सामाग्री आयतको स्थानिय प्रशासन संग सवारी पास लिएर व्यापारीले दैनिक जसो त्यस्ता अबैध सामाग्री ठुलो परिमाणमा गाइघाट भित्राउने गरेका छन ।

त्यस्ता सामाग्री ल्याउदा उनीहरुले प्रहरी संग सेटिङग मिलाउने गरेको स्वयम व्यापारीहरु वताउछन । खाद्धान्न सामाग्री ल्याउने भन्दै प्रशासनवाट लिएकोे सवारी अनुमतीका गाडीहरुले रातभरी त्यस्ता अवैध सुर्तीजन्य पदार्थहरु वोक्ने गरेका नेपाली काग्रेसका युवा नेता वसन्त वस्नेतले वताए । ठुला व्यापारीहरु अहिले कमाउने दाउमा लागेर अवैध सुर्तीजन्य सामान को कारोवार गरीरहेकोो समेत बताएका छन।

उनले भने । प्रहरी प्रशासन को सेटीङगमा त्यस्ता सामाग्री  ल्याउन सहज रुपमा सवारी पास पाउने गरेका छन । वस्नेतले भने । रात भरी अवैध सुर्ती जन्य पदार्थ र मदीरा आयत हुने गरेका कुरा त्रियुगा उधोग वाणिज्य संघ गाईघाटका अधक्ष्य  रामचन्द्र गुप्ताले भने । ठुला व्यापारी अहिले मालामाल वनीरहेका छन । तर साना व्यापारीले पसल खोल्न समेत पाएका छैनन् । उनले भने ।

एकछिन पसल खोल्ने वितिकै साना व्यापारीले प्रहरीको हप्कीदप्की खानु परेका छ । उनले भने । अहिले साना व्यापारी लाई मात्र  लकडाउन लागेको जस्तो देखियो । उनले भने । तर ठुला व्यापारी लाई भने लकडाउनको कुनै असर परेको छैन । उनीहरु ले जती वेला जहा पनी सहज तरीकाले आवत जावत गर्न मात्र होईन जुनसुकै मालसामान ओसार पसार गर्न पाईरहेका छन । लकडाउन सुरु भएपछी त्यस्ता व्यापारी ले करोडौ रुपैया कमाएको पुर्व अधक्ष्य गुप्ता ले भने । 

सवै प्रकारको उपभोग्य सामाग्रीमा कृतिम मुल्य वृद्धिः
लकडाउन ले आयतमा सामस्या देखाउदै ठुला व्यापारीले दैनीक उपभोग्य सामाग्रीको आफु खुसी मुल्य वढाएर उपभोक्ता लाई ठगी गरी रहेका छन ।हरेक  सामानमा  विस देखी पचास प्रतिशत सम्म मुल्य वढेको छ । तर स्थानीय प्रशासन मौन वसेको छ । स्थानीय समाजसेवी खुसीलाल ठाकुरले भने । यस्तो जटिल परिस्थीतिमा समेत आम सर्वसाधरण ठगिनु परेको छ । 

कालो वजारी नियन्त्रण गर्न कसैले चासो देखाएको छैन उनले भने । सामानमा उल्लेख गरीएको (–एमआरपि) मुल्य सुची अनुरुप सामान किन्न पाइदैन। व्यापारीहरु ले मुल्य सुची भन्दा वढी रकम  लिएर खुलम खुल्ला सामान बिक्री गर्दा समेत उनीहरु माथी कार्यवाही भएको छैन । स्थानीय पत्रकार रविन्द्र चौधरीले बताएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.