Websoft University

नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना सङ्क्रमित थपिए


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्मकै धेरै संख्या हो । यससंगै कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको जानकारी दिनुभयो । क्वारेन्टाइनको गूणस्तर सुधार गर्न र मापदण्ड अनुसार बनाउन पनि सम्मन्वय गरिरहेको पनि डा. देबकोटाले जानकारी दिनुभयो । अब सङ्क्रमित बढ्दै गएको अवस्थामा सङ्क्रमित र बिरामी छुट्याएर उपचार गर्न थाल्ने पनि डा. देबकोटाले बताउनुभयो । 

लक्षण देखिएको र बिरामी भएकाहरुलाइ अस्पतालमा राख्ने र लक्षण नभएकाहरु घरमा नै बस्नुपर्ने अवस्था आउन सक्ने पनि डा. देबकोटाले जानकारी दिनुभयो  ।  हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेको  छ  । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

 मन्त्रालयका अनुुसार आज सम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.