Websoft University

नयाँ कोरोना संक्रमित एकैदिन ६ सय ७१ जना थपिए


काठमाण्डौ असार ४ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरसका कारण एकैदिन ६ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्मकै धेरै कोरोना सङ्क्रमित आज थपिएका हुन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस जानकारी दिने क्रममा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको बताउनुभयो । उहाँले सङ्क्रमितहरुमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला रहेको जानकारी दिनु
भयो । साथै कैलालीमा दुई जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको पनि उहाँले बताउनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.