Websoft University

कोशि कोरिडरको घुर्मि चतरा सडक खण्ड अब स्थानीय तह ले निर्माण गर्ने


श्याम राई-गाईघाट ४ असार । रातो तारा डट कम,एक दशक देखी निर्माण कार्य रोकिएको कोशि कोरिडरको घुर्मि चतरा सडक खण्ड अब स्थानीय तह ले निर्माण गर्ने भएकोछ।

उदयपुरको कटारी नगरपालीका, ताप्ली र लिम्चुङवुङ गाउपालीका ले सडक निर्माण को लागी भन्दै आगामी वर्षको वजेटमा ४ करोड रुपैया विनियोजित गर्ने निर्णय गरेको हो । तिनै वटा स्थानीय सरकारका प्रमुख र जनप्रतिनिधिहरु विच कटारी नगरपालीकामा वुधबार वसेको विशेष भेलामा रोकिएको कोशि करिडोर मा स्थानीय सरकारले वजेट छुट्टाई निर्माण कार्य शुरु गर्ने निर्णय गरेको कटारी नगरपालीका  मेयर काजी श्रेष्ठ ले बताए ।

“हामी ले कोशि कोरिडोर तत्कालै शरु गर्न वजेट विनियोजन गर्ने निर्णय गरेको हौ” मेयर श्रेष्ठ ले भने अब परिषद बाट तिनै वटा तह ले निर्माण कार्यको लागी वजेट पास गरेर काम शुरु गर्ने छौ । उनले लामो समय देखी रोकीएको करिडोर निर्माण गर्न जिल्लाका अन्य स्थानीय तह प्रदेश र संघिय संसद लाई वर्षेनी संसदिय बिकाष कोष बाट रकम लगााउन अनुरोध गरीने वताए । उनले अब आगामी  असोज कार्तिक देखी दृत गतीमा काम शुरु गर्ने बताए ।

उदयपुरको घुर्मि देखी सुनसरीको चतरा सम्मको १ सय ६७ किलोमीटर लामो कोशि करिडोर को ६० किलोमिटर सडक को ट्रयाक खोल्न २०६७ सालमा काम शुरु गरीएको थियो । उक्त सडक खण्डको २० ठाउ बाट एकै पटक ट्रयाक खोल्ने तयारी गरी ठेक्का समेत लागेर काम शुरु भएपछी बन कार्यालय उदयपुर ले निर्माण काम रोकेको थियो ।

बन ले इआइ नगरेको भन्दै शुरु भैसकेको काममा अवरोध गरेपछी एक दशक देखी सडक निर्माण को काम रोकिएको ताप्ली गाउपालीका का अधक्ष्य उद्धब सिंह थापा ले बताए । मध्य पहाडी लोकमार्ग संग जोडिने घुर्मि चतरा कोशिक करिडोर सडक यस क्षेत्रको लाइफ लाईन बन्न सक्ने भएको ले सरकार  ले तत्काल काम अघि बढाउनु पर्ने उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.