Websoft University

संविधान संशोधन विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गर्यो



काठमाण्डौ असार ५  गते । रातो तारा डट कम,लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा निशान छापमा राख्ने दोस्रो संविधान संशोधन विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले यो विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना विधेयक पारित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभामा जम्मा ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने व्यवस्था छ । यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सर्वसम्मतिले संविधान संसोधन विधेयक पारित भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.