Websoft University

पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा बम पड्काउदा स्थानीय घरहरु चर्किए (भिडियो सहित)


नेपालमा लकडाउन जारी रहदा पनि राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम भने निरन्तर चलिरहेको छ । नेपाली र चिनीया गरी करिब ३ सय जति मजदुरहरु क्वारेन्टाईनमै बसेर काम गरिरहेका छन् । 

बिमानस्थल निर्माणका लागी माटोका कडा ढिस्को फोर्न, चट्टानहरु काट्नका लागी बेला बखतमा त्यहा बिस्फोट गराउँदा स्थानीयहरुका घरहरुमा क्षेती पुगेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । घर नजिकै करिब १०० मीटरको दुरीमै बिमानस्थल निमार्णका लागी बिस्फोट गराउँदा घरहरु चर्किएको र ध्वनी प्रदुषण भएकाले त्यो काम तत्काल रोक्न स्थानीयहरुको माग छ ।

स्थानीयहरुले यसप्रकारमा मागहरु बारम्बार गरे । कहिले वडा कार्यालय त कहिले जिल्ला प्रसासन देखी आयोजना प्रमुखसम्म भेटेर बिन्ती बिसाएका थिए र कहि कतैबाट पनि यसको सुनुवाई नभएपछि आफ्नो भबिष्य खोज्दै लकडानकै बेला बाहिर निस्कीएर बिरोध गर्नुपरेको स्थानीयहरु बताउँछन् ।
पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयहरू नारा जुलुससहित आन्दोलनमा उत्रिएका हुन् । विमानस्थल निर्माणका क्रममा कडा खालका चट्टानहरू विष्फोट गराएर फाल्नुपर्ने भएको र यसरी गर्दा काम छिटो हुने भन्दै आयोजनाले विष्फोट गराएको थियो त्यहीका कारण साना तथा ठूला घरहरु चर्किएका छन्, स्थानीयहरु भन्दै थिए ।  थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस् 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.