Websoft University

लागुऔषध सहित २ जना पक्राउ

फायल फोटो,
सुनसरी, असार १ गते । रातो तारा डटछकम,सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ र बर्जु गाउँपालिका-३ बाट १/१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका-८ का शिव शंकर मेहेतालाई अबैध लागुऔषधहरु डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेट सहित पक्राउ गरेको हो ।

यसैगरी बर्जु गाउँपालिकाबाट बिराटनगर महानगरपालिका-१६ का सन्तोष मण्डललाई अबैध लागुऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.