Websoft University

बाघझोडा पोखरीमा डुबेर बेपत्ता भएका युवा मृत अवस्थामा भेटिए


शिव भट्टराई मोरङ असार १ गते । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको बाघझोडा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर   बेपत्ता युवा भएका युवा मृत अवस्थामा भेटिएका छन् । आइतबार साँझ ७ बजेको समयमा पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका २३ वर्षीय आकाश राई बेपत्ता भएका थिए ।

राती अबेरसम्म पनि खोजी गर्दा उनी नभेटिए पछि आज बिहानै बाट खाेजि गर्ने क्रममा मृत अवस्थामा भेटिएकाे  इलाका प्रहरी कार्यालय प्रमुख ऋषीराज ढकालले जानकारी दिए । राइ साथी सङ्ग फुडबल खेलेर घर फर्कने क्रममा नुहाउन भन्दै पाेखरीमा पसेका थिए । 

राईको इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिपद व्यवस्थापन कार्यदल चन्द्रगढी झापाको टोलि स्थानीयकाे सहयाेगमा खोजी गरिएकाे थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.