Websoft University

दिप्लुङ सोभेमा खानेपानी योजना सञ्चालनमा आए–स्थानीय खुसिभए



काठमाण्डौ असार ४ गते । रातो तारा डट कम,बन्दाबन्दीकै बेला खोटाङको सोभेमा खानेपानी योजनाको खानेपानी सञ्चालनमा आएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फको दश लाख बजेटमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका ६ दिप्लुङ सोभेमा खानेपानी योजना सञ्चालनमा आएको हो । आयोजनाबाट १३ वटा धारामार्फत २८ घर परिवारलाई पानी वितरण गरिएको स्थानीय उपभोक्ता जगत किरातीले जानकारी दिनुभयो । खानेपानीको धारा घर घरमा पुगेपछि सोभेका स्थानीयले खोला वा कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले जानकारी दिनुभयो । यसअघि स्थानीय भानुमती खोलाको पानी उपभोग गर्दै आएका थिए । लामो समयसम्म खानेपानीको समस्या झल्दैै आइरहेका सोभेका स्थानीय घर–घरमा धारासँगै स्वच्छ पानी पुगेपछि खुशी भएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.