Websoft University

कचनकवललाई स्वास्थ्य सामाग्री प्रदान


विराटनगर, ३ असार । रातो तारा डट कम, कोरोना प्रभावित क्षेत्र झापाको कचनकवललाई प्रदेश सरकारले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । 

नगर प्रमुख अञ्जरा आलमलाई पीपीई सेट, गाउन, एन ९५ मास्क, सर्जीकल मास्क, ग्लोब्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री घिमिरेले प्रदान गर्नुभएको थियो । 

बनियानीमा आयोजित एक कार्यक्रमका वीच स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पीसीआर परीक्षणको दर बढाउन आग्रह गर्नुभयो । 

स्वास्थ्य कार्यालयका प्रमुख इश्वरीप्रसाद पौडेलले जिल्लामा संक्रमितको अवस्थाबारे जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.