Websoft University

जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिए


कामाण्डौ जेठ १४  गते । रातो तारा डट कम,मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलमा राखिएको छ । नेपाल प्रवेश गर्नेहरुमा झापादेखि रुकुम पश्चिम सम्मका छन् । सुनसरीका २३ जनालाई भने दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा नेपाल ल्याइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । सम्पूर्ण विवरण टिपेर सामान्य स्वास्थ्य जाँचपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुमा पठाइने भुजेलले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.