Websoft University

सुन्दरहरैचा नगरक्षेत्रका नगरबासीलाई आफ्नु नगर फिर्ता ल्याउने कार्य जारी


शिव भट्टराई,मोरङ जेठ १४ गते । रातो तारा डट कम, काठमाडौमा लामो समय देखि लकडाउनमा फसेका मोरंग जिल्ला सुन्दरहरैंचा नगरपालिकाले आफ्ना  नगरबासीलाई दोस्रो पटकमा १ सय ८ जनालाई शकुसल घर फिर्ता ल्याएको छ। यस अघि ४५ जनालाई लाएको  थियो भने घर फर्केका नगरबासीलाई मेयर शिव प्रसाद ढकालले प्रत्यक्ष रुपमा भेटेर स्वागत गर्दै स्वास्थ्य अबस्थाको बारेमा समेत जानकारी लिएका थिए। नगरबासिले भने खुसि व्यक्त गर्दै धन्यवाद ज्ञापन  गरेका थिए। नगर प्रवेश गरेका नगरबासीलाई सोहि नगरपालिकाको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो।

अस्थाई रुपमा काठमाडौमा बसोबास गर्दै आएका आफनो नगरक्षेत्रका नगरबासीलाई  लकडाउनका कारण समस्या पर्न थालेको तर्फ मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले  आफना नगरवासीहरुलाई पुन: घर फिर्ता ल्याउने कार्य सुरु गरेको हो । यस अघि पनि नगरले  पहिलो चरणमा ४५ जनालाई  सकुसल ल्याइपुर्याएको थियो । नगरप्रमुख शिव प्रसाद ढकाल नगरबासीको सुख दुख र  समस्या बुझ्न स्वयम पुर्वाञ्चल विश्वविद्यालय पुगेर नगरबासीलाई भेट्नुभयो ।  नगरपालिकाले निरन्तर प्रयास गरिरहेको अवस्थामा लकडाउन कडाई भएपछी ल्याउन नसकेको  नगर प्रमुख ढकालको भनाई छ।

मौसम परिवर्तनका कारण बाटोमा सामान्य समस्या भएको  थियो भने २ वटा बसमा अथक प्रयासका साथ नगरले गाडिमा खाने कुराको व्यवस्था सहित सहज रुपमा घर फर्काउने काम गरेकोमा घर फर्किन पाएका नगरबासि नगरको यो कार्य प्रति हर्सित भएका थिए।

नगरले पुर्वाञ्चल विश्वबिधालयको शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गराएपछि खाजा समेत खुवाएर होम क्वारेन्टाइनमा बस्न सुझाब दिएको थियो भने शिक्षण अस्पतालका आकस्मिक शाखाका मेडिकल अधिकृत डा. प्रविण लुइँटेलले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो। 

देशमा  कोरोना भाईरसको जोखिम बढे संगै दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको अवस्थामा सुन्दरहरैंचाले उच्च सतर्कता अपनाउदै  जुनसुकै परिस्थिति र विपतिमा नगरपालिका,   राजनीतिक दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, सुन्दरहरैंचा  जोखिम पत्रकार समुह,  नगरबासी  एक जुट भएर  अघि बढेको देख्न सकिन्छ।  विषम परिस्थितिमा २ महिना सम्म समस्या र  पिडामा छ्टपटिएका जनतालाई आफ्नो घरमा फर्काउन सुन्दरहरैचाले गरेको कार्यबाट अन्य पालिकाले समेत पाठ सिक्न जरुरि देखिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.