Websoft University

सलह किरा रोकथामका लागि प्राविधिक समिति गठन


कामाण्डौ जेठ १५ गते । रातो तारा डट कम,कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकमा देखिने सलह किरा नेपाल आउने सम्भावना बढेपछि मन्त्रालयले प्राविधिक समिति गठन गरेको हो । अफ्रिकी मुलुकमा देखिएको यो किरा अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको र नेपालमा समेत आउने सम्भावना बढेको भन्दै मन्त्रालय सचेत बनेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले बताउनुभयो । उहाँले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको भन्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.