Websoft University

भुल्के गाउवस्तीको स्थानिय प्रशासन ले बुधवार देखी सिल हटायो


श्याम राई-गाईघाट जेष्ठ १४ गते । रातो तारा डट कम,मुलुकमै सबैभन्दा पहिला कोरोना संक्रमण देखीएपछि  सिल गरीएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउवस्तीको स्थानिय प्रशासन ले बुधवार देखी सिल हटाएको छ । 

गत वैशाष ५ गते भुल्के स्थीत नुरी मस्जितमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना संक्रमीत देखीएको थियो। त्यस पछि प्रदेश सरकारको निर्देसनमा स्थानिय प्रशासन ले पुरै गाउ लाई सिल गरेको थियो । भारत बाट आएका जमातीहरु लकडाउन को कारण घर जान नपाए पछी उनिहरु मस्जितमा बस्दै आएका थिए । 

स्थानिय बासिन्दाहरु को उजुरीको आधारमा ति जमातीहरु को स्वाब परिक्षण गरीएको थियो । स्वाब परिक्षण पस्चात भारत बाट आएका १२ जना र बिराटनगर का  चार नेपाली सहित १६ जना मा कोरोना पुष्टी भए संगै पुरै भुल्के बस्ती सिल गरीएको थियो। भुल्के गाउ बाहीर संक्रमण नफैलीओस भन्दै स्थानीय प्रशासन ले कडा सुरक्षा दिएर उक्त गाउ सिल गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि बिर वहादुर वुढा मगर ले बताए । 

भुल्के गाउमा सिल हटाए संगै स्थानीय को आवात जावत खुला भएको छ । एसपि बुढा मगर ले गाउमा गरीएको सिल हटाए पनि स्थानिय प्रशासन ले सुरक्षा गस्ती र निगरानी भने जारी  राख्ने बताए । उदयपुर मा कोरोना संक्रमीत ३३ जना मध्ये ३२ जना भुल्के क्षेत्रका मुस्लीम समुदयका हुन । 

संक्रमीत भएर विराटनगरमा उपचार गराई निको भएर घर फर्कन थालेको जिल्ला स्वास्थ्य उदयपुर का प्रमुख मोहन सुबेदी ले बताए । उनले भुल्के क्षेत्रमा रहेका संक्रमीत सबैका परिवार र उनीहरु संग सम्पर्कमा रहेका मुस्लीम समुदाय र अन्य समुदाय का गरी ५ सय ८२ जना मा गरीएको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएको बताए ।

(पहिल्लो सबै रिपोर्ट सबै नेगेटिभ आएको ले बस्ती मा खासै जोखिम देखिएन।) उनले भने ।( समयमा नै हामिले परिक्षण गरेको कारण माहामारी को  रुप लिन पाएन।) उनले भने उनले संक्रमीत २३ जना उपचार पछि घर फर्किसकेकोबताए।

कोरोना अस्पताल विराटनगर बाट उपचार पछी एक साता अघि फर्किएर त्रियुगा नगरपालीका ३ मोतिगडा स्थीत त्रिगुगा वहुमुखी क्याम्पस को क्वारेन्टाईन मा बस्दै आएका ५ जना र पहिल्लो चार परिवारका गरी २४ जना लाई बुधबार बिदाई गरीएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.